प्रचण्ड अचानक किन गए सिंगापुर ?
आइतबार, ०३ असार २०७५, २३ : ४६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक सिंगापुर गएका छन् ।
स्रोतका अनुसार प्रचण्ड सिता दाहालको उपचारको लागि उनी सिंगापुर गएका हुन् ।
कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो । कलेजोमा फेरि समस्या देखिएको चिकित्सकले बताएपछि उपचारका लागि प्रचण्ड सिताको फ्लोअपको लागि सिंगापुरतर्फ लागेको बताइएको छ ।
प्रचण्ड राति ८ बजे पत्नी सिता दाहालको उपचारको क्रममा ३ दिनको लागि सिंगापुर गएका हुन् ।