बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साबिक विजेता जर्मनी स्तब्धः मेक्सिकोको ऐतिहासिक जीत

आइतबार, ०३ असार २०७५, २२ : ४३
आइतबार, ०३ असार २०७५

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन जर्मनी सन् २०१८ को विश्वकपको पहिलो खेलमा नै मेक्सिकोसँग अप्रत्यासितरुपमा पराजित भएको छ । हर्भिङ लजानोको एकमात्र गोलको मद्दतले मेक्सिकोले जर्मनीलाई पराजित गरेको हो ।

लजानोले खेलको ३५ औँ मिनेटमा ह्याभियर हर्नान्डेजको पासमा गोल गर्दै मेक्सिकोलाई ऐतिहासिक जित दिलाएका हुन् । 

अप्रत्यासित रुपमा पछि परेको जर्मनीले खेलको दोस्रो हाफमा मेक्सिकोमाथि निरन्तर दबाब राखेको थियो । विपक्षीमा खेलमा १६ पटक आक्रमण गरे पनि जर्मनीले गोल भने गर्न सकेन ।

उता, मेक्सिकोले पनि थुप्रै राम्रो अवसरहरु गुमाएको थियो ।

जर्मनीले विश्वकपमा पहिलो खेल हारेको सन् १९८२ पछि पहिलो पटक हो । पछिल्लो पटक अल्जेरियासँग पहिलो खेलमा पराजित भए पनि जर्मनीले अन्ततः फाइनलसम्मको यात्रा तय गरेको थियो ।

यसअघि विश्वकपमा जर्मनी र मेक्सिको तीनपटक भिडेका थिए । तर, तीनै खेलमा जर्मनी विजयी भएको थियो ।

त्यस्तै यसअघि दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका थिए जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको थियो ।

खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेक्सिकोका राफायल मारक्वेज पाँचवटा फरक विश्वकप खेल्ने मात्र तेस्रो खेलाडी बनेका छन् । यसअघि मेक्सिकोका एन्टोनियो कार्बाजाल र जर्मनीका लोथर माथायसले उपलब्धि हासिल गर्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप