शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिक्किममा भुकम्प, नेपालसम्म धक्का महसुस

आइतबार, ०३ असार २०७५, २१ : ५५
आइतबार, ०३ असार २०७५

झापा - भारतको सिक्किममा भुकम्प गएको छ । नेपाली समय अनुसार राति ८ बजेर ५२ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको भुकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उत्तरमा २७ दशमलव ५ डिग्री र पूर्वमा ८८ दशमलव ४ डिग्रीमा रहेर इपिसेन्टरको गहिराइ २८ किलोमिटर रहेको जनाइएको छ । 

भुकम्प पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङमा महसुस गरिएको छ । 

भारतको सिक्किमसहित दार्जिलिङ जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप