शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को बजेटमाथि राप्रपाको यस्तो प्रतिक्रिया

आइतबार, ०३ असार २०७५, २० : ३३
आइतबार, ०३ असार २०७५

काठमाडौं । प्रदेश नं. ३ को बजेटमाथिको छलफलमा राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले पहिलो सरकारले ल्याएको बजेट पञ्चायतकालिन भन्दा कमजोर आएको भन्दै पहिलो बजेटले नै संघीयता खतरामा पर्न सक्ने बताएकी छन् । 

जनताले परिवर्तनको अनुभुति दिन्छ भन्ने आशा लिएका थिए, तर यो पहिलो सरकारको पहिलो बजेटले वास्तविकता र यथार्थभन्दा भिन्न बजेट ल्याएकोले सबैलाई हाँस्यास्पद बनाएको बताइन् । 

उनले भनिन्, ‘बजेटमा भूकम्प पिडीत जनतालाई राहत हुने कार्यक्रम, बृद्धलाई सुरक्षा भत्ता, युवालाई रोजागारी कार्यक्रम भन्दा विदेशिने बजेट र महिलाहरुको लागि विशेष कार्यक्रम आउन सकेन ।’

बजेटमा  सिन्धुली–खुर्कोट सुरुङ मार्ग हुनुपर्ने साँसद रिता माझीले माग गरिन् । आदिवासी जनजातिहरुको पहिचानको रुपमा रहेको संस्कार र संस्कृति संरक्षण हुने कार्यक्रम नहुनु र धर्म परिवर्तन बढ्नुलाई पहिचानहरु मेटाउन सरकार नै लागि परेको महसुस भएको  उनले आरोप लगाइन् । 

छलफलमा बोल्दै माझीले संघीय सरकार र स्थानीय सरकार भएमा मात्र देशको अर्थतन्त्रले धान्न सक्छ भन्दै निरन्तरतासहितको प्रजातन्त्र र स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप