शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

आइतबार, ०३ असार २०७५, २० : १०
आइतबार, ०३ असार २०७५

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताएका छन् । 

पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताए । 

राष्ट्र सेवक कर्मचारीलाई अवकाशपश्चात मुलुकमै काम गर्नेगरी व्यवस्था गरिने बताउँदै उनले सरकारले कर्मचारीको सेवा सुविधाको उचित व्यवस्था गर्ने योजना रहेको बताए । स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको जानकारी दिँदै मन्त्री पण्डितले अन्य स्थानमा पनि निकट भविष्यमा व्यवस्था गरिने उल्लेख गरे । 

प्रदेश लोकसेवा आयोगमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको छ भन्दै उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको बताए ।  

निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गरिने र सरकारले नगरपालिका र महानगरपालिकाका कर्मचारीलाई पनि जुनसुकै ठाउँमा खटाउन सक्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप