बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युद्धविरामका समयमा पूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमण, १० जना मारिए

आइतबार, ०३ असार २०७५, १९ : ४५
आइतबार, ०३ असार २०७५

एजेन्सी–अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा गराइएको आत्मघाती वम विस्फोटका कारण आइतबार १० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । 

तालिवान विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण युद्धविरामको घोषणापछि केही तनावरहित अवस्थामा रहेका समय गराइएको आत्मघाती विष्फोटमा उनीहरूको मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयका प्रवक्ताले एएफपीलाई जानकारी गराए । 

नानगाहरका प्रान्तीय गभर्नरको कार्यालयलाई लक्षित गरी गराइएको अफगानी सुरक्षा स्रोतले पुष्टि गर्दै घटनामा १० जनाको मृत्यु भएको र केही घाइते भएको बताएको छ । घाइते हरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ । 

नानगाहरमा शनिबार पनि आत्मघाति विष्फोट गराइएको थियो । उक्त घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा कम्तीमा १६ जना घाइते भएका थिए । घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप