शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आइतबार, ०३ असार २०७५, १९ : ४०
आइतबार, ०३ असार २०७५

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने गरी निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने नघटेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप