बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको तीन नयाँ शाखा विस्तार, १५ शाखा खुल्ने तयारीमा

आइतबार, ०३ असार २०७५, १९ : २६
आइतबार, ०३ असार २०७५

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ । उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको  बैंकबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो संगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ । बैंकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाईएको छ । 

बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु¥याएको छ । साथै बैकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन्  । बैकले  यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ ।

यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप