बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनावश्यक समाचार बाहिर आएपछि बोल्यो सेना

आइतबार, ०३ असार २०७५, १९ : २१
आइतबार, ०३ असार २०७५

काठमाडौँ– नेपाली सेनाभित्र महासेनानी दर्जाको पदोन्नतिको विषयलाई आधार बनाएर सञ्चार माध्यममा सम्प्रेषण भएको समाचारप्रति सेनाले आज आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

सेनाको पदोन्नति सम्बन्धि प्रचलित व्यवस्था ‘सैनिक सेवा नियमावली–२०६९’ मा गरिएको र उक्त नियमावलीमा भएको व्यवस्थाबमोजिम नै पदोन्नतिका लागि सिफारिश गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । 

उक्त सिफारिश गत जेठ ३१ गतेको मन्त्रिपरिषद्को बैठकबाट सदर भइसकेको निर्देशनालयले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप