शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल देखाएर लुटपाट तथा चोरी गर्ने तीन पक्राउ

आइतबार, ०३ असार २०७५, १९ : १७
आइतबार, ०३ असार २०७५

भक्तपुर– प्रहरीले पेस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत फागुनमा सूर्यविनायकमा पेस्तोल देखाई लुटपाट गरी फरार लुटेरा समूहका दुई जना पक्राउ गरेको हो । 

प्रहरीले रामेछापका ‘टोकल’ भन्ने रोहितबहादुर थापामगर र सिन्धुपाल्चोकका ‘अदिप’ भन्ने टोकलबहादुर तामाङलाई काठमाडौँबाट पक्राउ गरेको महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताए । मध्यराति रामबहादुर तामाङको डेराभित्र प्रवेश गरेका उनीहरुले रु १६ लाख ७९० बराबरको धनमाल डकैती गरेका थिए । 

यसैगरी उपत्यकाका व्भििन्न स्थानमा मोटरसाइकल चोरी कार्यमा संलग्न वर्ष ३५ को लालबहादुर थापा मगरलाई महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ । 

पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप