बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम लाइफ इन्स्योरेन्सद्धारा दुर्घटना लाभ सहित बीमा मृत्यु दावी रकम हस्तान्तरण

आइतबार, ०३ असार २०७५, १९ : १६
आइतबार, ०३ असार २०७५

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा रकम हस्तान्तरण गरेको छ । यही आषाढ २ गते कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भिमदत्तनगर – १४ वडैपुरका मृतक तथा कम्पनीका विमित भुवन पन्तका बुवा भवानी दत्त पन्तलाई जीवन बीमा रकम (दुर्घटना लाभ सहित) एकमुष्ट हस्तान्तरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ७३ लाख ६६ हजार ५ सय रुपैयाँको चेक पन्तलाई हस्तान्तरण गरे । बीमित भुवन पन्तकोे बैशाख २१ गते महेन्द्रनगर देखि नेपालगञ्ज जाने क्रममा बर्दियामा जीप दुर्घटनामा परि मृत्यु भएको थियो । विमित पन्तले बिमाङ्क ४१ लाखको  बीमा गरेका थिए र सोको लागी पहिलो किस्ता बापत १,४५,३८५ बीमा शुल्क तिरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप