चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले लिए पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श, आए यस्ता सुझाव
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार सिंहदरबारमा पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक भेट गरी आफ्नो चीन भ्रमणबारे परामर्श गरेका हुन् ।
प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा जाँदैछन् । त्यसका लागि आवश्यक सुझाव लिन उनले पूर्व प्रधानमन्त्रीहरु परामर्श गरेका हुन् । परामर्शका क्रममा पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
पारवहन लगायतका सम्झौता कार्यान्वयनमा ठोस सहमति हुने र चीनको आर्थिक विकासबाट नेपालले बढीभन्दा बढी लाभ प्राप्त गर्न प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास पूर्व प्रधानमन्त्रीहरुले व्यक्त गर्नु भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
भेटमा पूर्वप्रधानमन्त्रीहरुले नेपालको विकासमा चीनको लगानी बढाउन पनि जोड दिन प्र्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए । यता, प्रधानमन्त्री ओलीले भने आफ्नो चीन भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध र आर्थिक साझेदारी उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सिंहदरबार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण