बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका चर्चित ७ सेलिब्रेटी, जसले रोजे यी हनिमुन स्थल

आइतबार, ०३ असार २०७५, १६ : १०
आइतबार, ०३ असार २०७५

मुम्बई –बलिउड सेलिब्रेटीका बिवाह मात्र होइन, हनिमुन पनि चर्चाको बिषय बन्ने गर्दछ । बिवाहको डेट फाइनल हुने बितिकै हनिमुनका लागि युरोप, लन्डन र पेरिस जस्ता शहरका नाम अगाडि आउने गर्दछ । बलिउडका केही स्टार जसले हनिमुन महँगा शहर रोजे ।

शाहरुख खान र गौरी 
बलिउडका किङ खान शाहरुखले पत्नी गौरीका साथ हनिमुन पेरिसमा मनाएका थिए ।

अरबाज खान र मलाईका 
बलिउडका चर्चित कपल मध्यका एक मलाईका र अरबाज पनि थिए  । अहिले उनीहरु अलग भइसकेका छन् । तर यी दुबैले हनिमुनका लागि माल्दिप रोजेका थिए । 

अभिषेक बच्चन र ऐश्वर्या 
अभिषेकले पत्नी ऐश्वर्यासँग हनिमुन युरोपमा मनाएका थिए । दुबैको हनिमुन तस्बिरले निकै चर्चा पाएको थियो ।

सैफअली खान र करीना कपुर 
करीना र सैफले स्विजरल्याण्डको सविस अल्पस पहाड हनिमुनका लागि रोजेका थिए । यो पहाड प्रेम जोडीको लागि चर्चित मानिन्छ ।

शिल्पा शेट्टी र राज कुन्द्रा 
शिल्पा र राजले क्यारेबियन आइल्याण्डको एक चर्चित स्थानमा हनिमुन सकाएका थिए । समुन्द्र रुचाउनेका लागि यो निकै राम्रो हनिमुन स्थलको रुपमा मानिदै आएको छ । 

किरण राव र आमिर खान 
बलिउडका स्टार आमिर खानले आफ्नो दोस्री श्रीमती किरणसँग हनिमुन भारतमै मनाएका थिए । हनिमुनका लागि उनले पंचगिनी रोजेका थिए ।

जेनेलिया डिसुजा र रितेश देशमुख 
जेनेलिया र रितेश बलिउडको चर्चित जोडी मानिन्छ । यी दुबै लामो समय रिलेसन सिपमा रहेर बिबाह गरेका थिए । यी दुबैले हनिमुनका लागि विशाखापट्टनम रोजेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप