शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनअारएन कप यूएर्इ-२०१८ मा नेप्लिज स्पोर्टस् क्लब  बिजयी

आइतबार, ०३ असार २०७५, १४ : ३१
आइतबार, ०३ असार २०७५

युएर्इ-युएर्इमा अहिले सम्मकै सर्बाधिक पुरस्कार (दुर्इ लाख रूपैया) राशी भएको एनअारएन कप युएर्इ -२०१८ काे उपाधि  नेप्लिज स्पोर्टस् क्लब रसलखेमाले जितेकाे  छ। 

शनिवार बिहान भएको फार्इनल खेलमा नेप्लिज स्पोर्टस् क्लब रसलखेमाले गोरखा सेवा समाज युएर्इलार्इ ३-० ले हरायाे । जितसँगै क्लबले २ लाख पुरस्कार हात पार्याे । यस्तै उपविजेता गोरखा सेवा समाज युएर्इले  १ लाख रूपैया पुरस्कार हात पार्याे।


यसै गरी गोरखा सेवा समाज युएर्इका खेलाडी टेक बहादुर रार्इ म्यान अफ दि टुर्नामेन्ट बने भने सबै भन्दा बढी गोल गर्नै नेप्लिज स्पोर्टस् क्लबका संगम तामाङ् र उत्कृष्ट गोलकिपर सुनुवार समाज युएर्इका खेलाडी बिमल गुरूङ्  घाेषित भए।

प्रतियाेगितामा  १६ टिमकाे सहभागिता रहेकाे थियाे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप