शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय मोस्ट–वान्टेडको रोजाइ : बेलायत पहिलो, नेपाल छैठौँ स्थानमा

आइतबार, ०३ असार २०७५, १३ : ४६
आइतबार, ०३ असार २०७५

नयाँ दिल्ली–संयुक्त अधिराज्य भारतीय ठूला फरार अभियुक्तहरूका लागि लोकप्रिय स्थान बनिरहेको छ । 

पन्जाब नेसनल बैङ्कको १ खर्ब ३५ अर्ब भारु लिएर भागेका हीरा व्यापारी नीरव मोदीले बेलायतमा राजनीतिक शरण मागेका छन् ।

नीरवभन्दा पहिला बेलायतमा कैयौँ भारतीयहरू बेलायतमा शरण लिइरहेका छन् ।

यसमा ललित मोदी, विजय माल्या, सङ्गीत निर्देशक नदीम सैफ, टाइगर हनिफ, सञ्जीव चावला, रवि शङ्करन, लर्ड सुधिर चौधरी, राजकुमार पटेल, राजेश कपुर र अब्दुल साकुर जस्ता समावेश छन् ।

सन् २०१३ देखि हालसम्म भारतबाट गएका ५,५०० भन्दा धेरै मानिसहरूले संयुक्त अधिराज्यमा राजनीतिक शरणको आवेदन दिएका छन् । तथापि यी सबै अपराधी भने होइनन् ।

भारतका १२१ मोस्ट–वान्टेड फरार अभियुक्तहरू संसारका विभिन्न २४ देशमा बसिरहेका छन् । यिनको प्रत्यारोपणका लागि भारत सरकारले ती देशहरूसँग अपिल गरिसकेको छ ।

भारतीय फरार अभियुक्तहरूको सबैभन्दा मनपर्ने देशमा संयुक्त अधिराज्य, अमेरिका, संयुक्त अरब इमिरेट, क्यानडा छन् ।

७०% अर्थात ८३ भगौडाहरू यिनै देशमा बसिरहेका छन् । यो जानकारी पछिल्लो वर्ष विदेश मन्त्रालयले एक आरटीआईको जवाफमा दिएको थियो ।

फरारमध्ये नीरव मोदी एक्लैले १ खर्ब ३५ अर्ब भारु अपचलन

नीरव मोदी, माल्या, मेहुल चौकसे, जतिन मेहता, ललित मोदीसमेत ३१ भारतीय भगौडाहरूले मात्र देशबाट ४ खर्ब भारु भन्दा धेरै रकम लिएर भागेका छन् ।

यी रकम बैङ्क र सार्वजनिक संस्थाको हो । यी ३१ नामको नाम जालसाजी तथा वित्तीय अपराधसँग जोडिएको छ ।

विदेश मन्त्रालयले लोकसभामा प्रस्तुत गरेको आफ्नो रिपोर्टमा भगौडाहरू भागेको देशको आँकडा यस्तो रहेको छ ।

अमेरिका –३८ भगौडा, संयुक्त अरब इमिरेट–२०, क्यानडा–१३, संयुक्त अधिराज्य–१२, जर्मनी–५, सिङ्गापुर–५ बङ्लादेश, इटली र नेपालमा तीन तीन जना र बाँकी देशमा १९ जना रहेका छन् । 

ती मोस्ट–वान्टेड रहेका सबै २४ देशसँग भारतको प्रत्यारोपण सम्झौता रहेको छ ।

संयुक्त अधिराज्यले मोदी, माल्यालाई अवैध आप्रवासीको सूचीमा राखेर भारतलाई प्रत्यारोपण गर्न सक्छ ।

हालसालै भारतले अवैध आप्रवासीहरूको प्रत्यारोणका लागि संयुक्त अधिराज्यसँग २ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यो लागू भएपछि मोदी, माल्यालगायत संयुक्त अधिराज्यमा रहिरहेका अन्य ७५ हजार आप्रवासीहरूको प्रत्यारोणको सुविधा प्राप्त हुन्छ ।

भारत सरकारले दिएको जानकारीअनुसार पछिल्लो १६ वर्षमा मात्र भारतले विदेशबाट ६५ व्यक्तिलाई स्वदेश प्रत्यारोपण गराएको छ ।

यिनमा मोनिका बेदी, अबु सलेम, अब्दुल सत्तार, छोटा राजन, अनुप चेतिया, अब्दुल राउफ मर्चेन्टजस्ता नाम सामेल छन् ।

यसमा संयुक्त अरब इमिरेटबाट सबैभन्दा धेरै १७ जना प्रत्यारोपण भएका छन् ।

शरणार्थी सम्बन्धमा संयुक्त अधिराज्यमा रहेको उदार नीति

संयुक्त अधिराज्यले ‘युरोपियन कन्भेसन अन ह्युमन राइट्स’मा हस्ताक्षर गरेको छ । यस अन्तर्गत संयुक्त अधिराज्यको अदालतलाई यदि कुनै व्यक्तिलाई प्रत्यारोपण गर्दा तिनलाई यातना दिइन्छ वा मृत्युदण्ड दिइन्छ वा राजनीतिक कारणले यस्तो भइरहेको लाग्छ भने उसले प्रत्यारोपणको अनुरोध खारेज गर्न सक्छ ।

आफ्नो देशमा धर्म, नश्ल, जाति, राष्ट्रियता या राजनीतिक मतको कारण खतरा महसुस गरिरहेका कुनै पनि व्यक्तिले बेलायतमा राजनीतिक शरण लिन सक्छन् । 

यसअन्तर्गत उक्त व्यक्तिले त्यहाँ पाँच वर्षको शरण पाउँछ ।

यदि ५ वर्षमा पनि उक्त देशको अवस्था राम्रो नभएमा त्यो समयलाई लम्ब्याउन सकिन्छ ।

यसका लागि बेलायतको माइग्रेन्ट डिपार्टमेन्टमा एक निवेदन मात्र दिए पुग्छ । 

बेलायतमा शरणार्थीको अवस्था स्वीकारिएका व्यक्तिलाई आर्थिक सहयोग पनि प्रदान गरिन्छ ।

सरकारले शरणार्थीका लागि बासस्थानको व्यवस्था प्रदान गर्छ ।

एक्लै रहेका व्यक्तिका लागि हप्तामा ३३६४ भारु दिइन्छ भने एकल अभिभावकहरूलाई ६७२८ भारु र जोडीलाई १३३६५ भारु प्रदान गरिन्छ ।

मार्चमा मात्र १४,१६६ मानिसलाई शरणार्थीको हैसियत प्रदान गरिएको छ । तथापि यो अघिल्लो वर्ष भन्दा ११% कम हो ।

यसमा प्रतिरक्षा र पुनर्बासको आवेदन दिएकाहरू पनि समावेश छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप