शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति

आइतबार, ०३ असार २०७५, १३ : ३८
आइतबार, ०३ असार २०७५

काठमाडौं -सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ । 

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिइएको जानकारी दिए ।

उनले अनुमति पाएका सबै उद्योगहरुलाई एक हप्ता भित्र उद्योग दर्ता र २ हप्ता भित्रबाट उद्योग निर्माणको काम सुरु गरिसक्ने गरी उद्योग स्थापनाका लागि अनुमति दिइएको पनि बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक भट्टले एक वर्ष भित्र स्थापना गरिएको उद्योगहरुबाट उत्पादन सुरु हुने गरी कामलाई अघि बढाउने पनि स्पष्ट पारे ।

भैरहवा विशेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ८ अरव बजेटको व्यवस्था गरेको छ ।

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट तत्कालका लागि ५ हजार २ सय रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि दूू्रत गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले भने भैरहवा विशेष आर्थिक क्षेत्रमा फूड र  प्लाष्टिक उद्योग स्थापना गर्न सरकारलाई सुझाव दिएका छन ।

अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले भैरहवा विशेष आर्थिक क्षेत्रमा फुड र प्लाष्टिकको उद्योग स्थापनाका लागि उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले सरकारलाई सुझाव दिए ।

उनले ठूला उद्योग स्थापनाका लागि औद्योगिक क्षेत्र स्थापनाको कामलाई बढावा दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले उद्योग स्थापनाका लागि पूर्वाधारको विकासमा विशेष जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उनले उद्योग स्थापनाका लागि अव विद्युतको अभाव नहुने विश्वास पनि व्यक्त गरे । 

पूर्व अध्यक्ष श्रेष्ठले पूर्वाधारको अभावमा नेपालको उद्योग, व्यवसाय फष्टाउन नसकेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप