मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कलाकारलाई बोलाएर चलाइन्छ सेक्स र्‍याकेट, पुलिसले यसरी गर्‍यो भण्डाफोर

आइतबार, ०३ असार २०७५, १३ : २७
आइतबार, ०३ असार २०७५

पृथ्वीराज /बीबीसी

अमेरिकामा पुलिसलाई एक सेक्स र्‍याकेटबाट पत्ता लागेको छ जसमा तेलुगु सिनेमासँग जोडिएका महिला र नायिका समावेश छन् । शिकागो यो र्याकेटको केन्द्र हो । पुलिसले एक तेलुगु जोडीलाई पक्राउ गरेको छ जसमा उक्त र्याकेट चलाएको आरोप छ ।

फेडरल पुलिसका अनुसार अमेरिकामा हुने तेलुगु र अन्य सांस्कृतिक आयोजनामा भाग लिने नाममा तेलुगु सिनेमाका कलाकारलाई बोलाइन्छ र उनीहरुमार्फत वेश्यावृत्ति गराइन्छ ।

होमल्याण्ड सिक्योरिटीका स्पेशल एजेन्ट ब्रायन जिनले भने, ‘३४ वर्षका किशन मोडुगमुडी यो र्याकेटका मास्टरमाइन्ड हुन् र उनकी श्रीमती चन्द्रकला मोडुगमुडी उनकी बिजनेस पार्टनर ।’

उनले इलिनोय अदालतमा एक याचिका पनि दायर गरेकी छिन् ।

किशनलाई मानिसहरुले राज चेन्नुपतीको नामले चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जयाको नामले चिनिन्छ । अदालतमा दायर गरेको ४२ पृष्ठको याचिकामा सेक्स र्याकेटमा संलग्न महिलाको पहिचान दिइएको छैन । याचिकामा उनीहरुलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ ।

अनुसन्धान अधिकारीले सेक्स र्‍याकेटका पीडित युवतीका साथै केही ग्राहकसँग पनि सोधपुछ गरेका छन् । अधिकारीले अदालतलाई दिएको जानकारी अनुसार आरोपीको घरबाट केही डायरी र देहब्यापारको हिसाब–किताब राखिएको किताब पनि भेटियो । डायरी र खातामा नायिकाका साथै उनीहरुका ग्राहकका नाम पनि लेखिएका छन् ।

यसबारे पुलिसलाई कसरी थाहा भयो ?

स्पेशल एजेन्ट ब्रायनका अनुसार सन् २०१७ को नोभेम्बर २० तारिखमा दिल्लीबाट एक युवती शिकागोको ओ’हेयर इन्टरनेशनल एयरपोर्ट पुगेकी थिइन् ।

ती युवतीलाई ‘ए’ नाम दिइएको छ । उनीसँग बीवान/बीटु पर्यटक भिसा थियो जुन दिल्लीमा अमेरिकी दूतावासबाट जारी भएको थियो । एयरपोर्टमा ती युवतीले इमिग्रेशनका जुन कागजपत्र सुम्पिइन्, त्यस अनुसार उनलाई सन् २०१७ नोभेम्बर १८ तारिखमा दक्षिण क्यालिफोर्निया तेलुगू असोसिएशनको तर्फबाट सम्मानित गरिनुपर्दथ्यो । दोस्रो कागजातले उनी क्यालिफोर्निया तुलुगू असोसिएसनको स्टार नाइटमा समावेश हुनुपर्ने बताएको थियो । उनी यसका लागि १० दिनसम्म अमेरिका बस्ने भनिएको थियो ।

इमिग्रेशन अधिकारीलाई यसका शंका लाग्यो किनभने युवती युवतीले १८ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सरिक हुनुपर्दथ्यो जबकी उनी त्यसको दुई दिनपछि शिकागो एयरपोर्टमा उत्रिएकी थिइन् ।

जब उनलाई यसबारे सोधियो तब उनले आफू नर्थ अमेरिका तेलुगू सोसाइटीको कार्यक्रममा भाग लिन आएको बताइन् । उनले एउटा चिठ्ठी पनि देखाइन् जसमा सन् २०१७ को नोभेम्बर २५ तारिखमा इलिनोयको स्क्यामबर्गमा आयोजना हुन लागेको कन्फरेन्समा उनी पाहुनाको रुपमा उपस्थित हुने लेखिएको थियो ।

तेलुगु असोसिएशनकी हिरोइनको जानकारी छैनः

अधिकारीले जब दक्षिण क्यालिफोर्नियाको तेलुगु असोसिएशनका अध्यक्षसँग कुरा गर्दा उनले १८ नोभेम्बरमा क्यालिफोर्नियामा उनको एक कार्यक्रम त भएको तर उनले ती नायिकालाई नचिनेको जानकारी दिए ।

उत्तर अमेरिका तेलुगु असोसिएशनका अधिकारीका अनुसार न नत उनीहरु ती नायिकालाई चिन्छन् न नै नोभेम्बर २५ तारिखमा उनीहरुको कुनै कार्यक्रम थियो । यति जानकारी पाएपछि अधिकारीले ती महिलालाई अमेरिका आउने वास्तविक कारण सोधे । यसमा उनले तेलुगु असोसिएशनको निमन्त्रणा पत्र उनलाई राजू नामका एक व्यक्तिले भारतमा दिएको जानकारी दिइन् ।

राजूले नै उनको विमानको टिकट र होटलको भाडा दिएका थिए । उनी एयरपोर्टमा पनि उनलाई लिन आउन लागेका थिए । ती युवतीले राजूको इ–मेल आइडी र फोन नम्बर पनि दिइन् ।

अनुसन्धानमा अधिकारीले एक इन्टरनेट पोष्टबारे पनि थाहा भयो जसमा ‘किशन मोडुगमुडी उर्फ राज चेन्नुपती केही फिल्मी कलाकारलाई वेश्यावृत्तिमा समावेश गर्न इच्छुक भएको, उनी नक्कली भिसामा युवतीलाई अमेरिका बोलाएर उनीहरुलाई सेक्स र्याकेटमा फसाउने गर्छन । शिकागोमा विभा जयमले उनलाई सहयोग गर्दछिन्’ भन्ने जानकारी दिइएको थियो ।

दिल्लीबाट आएकी महिलाले दिएको आइडी र फोन नम्बरबाट थाहा भयो कि उनी किशन मोडुगमुडी हुन् । उनीसँग अन्य थुप्रै इमेल आइडी पनि छन् । इमेल आइडीबाट उनको शिकागोस्थित घरबाट पत्ता लाग्यो ।

नेवार्क एयरपोर्टमा दोस्री नायिकाः

इमिग्रेशन अधिकारीले नेवार्क एयरपोर्टमा अर्की महिलासँग सोधपुछ गरे जुन नोभेम्बर २६ सन् २०१७ मा मुम्बईबाट आएकी थिइन् । भिसा कागजातबाट थाहा भो कि उनले विभिन्न सांस्कृतिक कार्यक्रममा समावेश भएकी थिइन् र तीन महिलासम्म अमेरिकामा बस्ने तयारीमा थिइन् । भिसा कागजात अनुसार उनी एक नायिका हुन् र एक इभेन्टमा सम्मानित अतिथी हुन् ।

यी महिलाले अधिकारीलाई दिएको जानकारी अनुसार उनलाई भिसा दिन ‘राजू गारु’ नामका एक व्यक्तिले मद्दत गरेका थिए । यी महिला टेक्ससको इरविंगको नयाँ वर्षको मौकामा हलिउड डान्समा प्रस्तुती दिन चाहन्थिन् ।

वेश्यावृत्ती तर्फ धकेलियोः

नायिकाका अनुसार उनी ‘राजू गारु’ को तर्फबाट आयोजित एक सांस्कृतिक कार्यक्रममा भाग लिन पेन्सिलवेनिया पनि आएकी थिइन्, त्यतिबेला उनलाई जबर्जस्ती वेश्यावृत्ति गराइएको थियो । उनले आफू वेश्यावृत्तिमा समावेश नभएको बताइन् । उनले ग्राहकसँग केही समय बिताएकी थिइन् र उनीहरुलाई त्यहाँबाट बाहिरिनका लागि बाटो सोधेकी थिइन् । ती ग्राहकले नै उनलाई विभालाई आफ्नो काम भएको जसका कारण उनले फिर्ता हुनका लागि टिकटको बन्दोबस्त गरिदिन आग्रह गर्नका लागि सल्लाह दिए ।

पछिल्लो भ्रमणमा उनी विभासाग चार विभिन्न शहरमा गएकी थिइन् जहाँ ग्राहकलाई उनको कोठामा पठाइन्थ्यो । शिकागोमा उनलाई एउटा घरमा राखिएको थियो । अदालतमा दर्ता गरिएको याचिका अनुसार ती युवतीलाई भिजा दिइएन र नेवार्कबाट फिर्ता पठाइयो ।

पीडित युवतीलाई फोनमा धम्कीः

अनुसन्धानको क्रममा यी महिलासँग नयाँ दिल्लीमा पनि सोधपुछ गरियो । तस्बिर हेरेर उनले किशन मोडुगमुडी उर्फ राजुको पहिचान गरिन् । भिसा नपाएपछि राजूले उनलाई फोनमा धम्की दिँदै आफ्नो व्यापारबारे कसैलाई नभन्न आदेश दिए । उनको आदेशको पालना नगरे उनको हत्यासमेत गरिदिने धम्की दिए । पीडित युवतीका अनुसार शिकागोमा उनलाई जुन घरमा राखिएको थियो त्यहाँबाट उनलाई एक्लै बाहिर जाने अनुमती थिएन । उनीमाथि नजर राख्न एक व्यक्ति सधैं उनीसँग हुन्थे ।

ग्राहकसँग फोनमा नै मोलतोलः

सन् २०१८ को फेब्रअरी १६ तारिखमा अधिकारीले किशन र चन्द्रकलाको घरमा छापा मार्दा त्यहाँबाट ७० थान कण्डम, फर्जी आवसीय कार्ड, अमेरिकी तेलुगु असोसिएसनको लेटर हेड भएको फर्जी चिट्ठी, भिजिटिङ कार्ड, डायरी र हिसाब किताब भेटियो । डायरी र चार मोबाइल फोन पनि सेक्स र्याकेटको कुरा सार्वजनिक भयो ।

उनीहरु ग्राहकबाट एक पटकको हजार डलर र दुई पटकको दुई हजार डलर र सय डलरको टिपमा कुराकानी गर्दथे । उनीहरु ग्राहकलाई तेलुगु सिनेमाका नायिका वा कार्यक्रम प्रस्तोता निकै कम दिनका लागि अमेरिकामा रहने बताउँथे । हरेक सहमती, लेनदेन र आवतजावतको व्यवहोरा डायरिमा लेखिन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप