बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा वृक्षारोपण

आइतबार, ०३ असार २०७५, १३ : २२
आइतबार, ०३ असार २०७५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र बिभिन्न प्रजातीका बोटविरुवाहरु वृक्षारोपण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण गरेको बैंकले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन भएको थियो ।

बैंकले देशभरी रहेका आफ्नो शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गरेको जनाएको छ ।

यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप