शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुबेतमा एक नेपालीको मृत्यु

आइतबार, ०३ असार २०७५, १३ : १४
आइतबार, ०३ असार २०७५

गुल्मी– वैदेशिक रोजगारीको क्रममा  कुबेत पुगेका  एक नेपालीको मृत्यु भएको छ ।  गुल्मीको मालिका गाउँपालिका–८, मरभुङग द्वाघासका २८  वर्षीय दान बहादुर पौडेलको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । 
केहि दिनअघिमात्रै उनकी श्रीमती दीपाले छोरीलाई जन्म दिएकोमा परिवारमा खुसीयाली छाइरहेको बेला एकाएक पौडेलको निधनले परिवार शोकमा डुबेको छ ।   
पौडेल तीन महिनाअघि मात्रै रोजगारीको सिलसिलामा कुबेत पुगेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप