शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्सको बिराटनगरमा आफ्नै भवन, नयाँ भवनबाट सुरु भयो बैंकिंग कारोबार

आइतबार, ०३ असार २०७५, १३ : ०२
आइतबार, ०३ असार २०७५

मोरङ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिराटनगरमा रहेको कार्यालय भन्दा करिब ५०० मिटरकोे दुरीमा रहेको रंगेली रोडको आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सुरु गरेको छ ।

जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे ।

आफ्नै भवनबाट छिटो ,छरितो ,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बिराटनगर शाखाका प्रवन्धक सुमन निरौलाले व्यक्त गरे । औद्योगिक नगरी बिराटनगरमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पुर्याउने हेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने निरौलाले जानकारी गराए ।

बैंकले  हालसम्म ७४  वटा शाखा, ७० वटा ए.टी.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप