‘कस्मिक लभ’मा प्रशान्तसँग दीयाको रोमान्स
काठमाडौं – थोरै चलचित्र खेल्ने अभिनेत्री दीया मास्केले निर्माधिन ‘कस्मिक चलचित्रमा अर्पण थापा र प्रशान्त ताम्राकारको जोडी बन्ने भएकी छन् । राजधानीको होटल अन्नपुर्णमा आयोजित एक कार्यक्रममा चलचित्रको मुर्हुत गरिएको छ । भिलेनका रुपमा चर्चित अभिनेता प्रशान्तले यो चलचित्रमा अभिनेत्रीसँग रोमान्स रहने कार्यक्रममा जानकारी दिइयो ।
वि.एस बलामी र शंकर अधिकारीको संयूक्त निर्देशन रहने चलचित्रको होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच मुर्हूत गरिएको थियो । रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण हुने बताइएको चलचित्र मुभी मेकर्स प्रालिको ब्यानरमा बन्न लागेको हो । सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रको जे. गौतम निर्माता र डि.एन.दाहाल कार्यकारी निर्माता रहेका छन् ।
रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहने चलचित्रबाट रिजन थापा पनि देखिदैछन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा बवुल गिरीले संगीत रहनेछ ।
शेखर ज्ञवालीको लेखन रहेको चलचित्रको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले चलचित्रलाई शुभ–कामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
प्रधान सेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको उद्घाटन
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ