बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैकको शाखा भकुण्डेबेंसीमा पनि

आइतबार, ०३ असार २०७५, १२ : ४०
आइतबार, ०३ असार २०७५

काभ्रेपलान्चोक । राष्ट्रिय वाणिज्य बैकले काभ्रेको नमोबुद्ध न.पा. वार्ड न. ७ स्थित भकुण्डेबेंसीमा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा उत्रन सक्ने बताए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रा.वा. बैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने बताए ।

शाखाको समुदघाटन गर्नुपूर्व बैंकले भकुण्डेबेंसी बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्याक्रमको आयोजना गरेको थियो ।  

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप