मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१५ असारमा एक्लै ‘ए..सोल्टिनी’

आइतबार, ०३ असार २०७५, ११ : २८
आइतबार, ०३ असार २०७५

काठमाडौं – केही समयअघि गीत र ट्रेलर सार्वजनिक गरिएको ‘ए सोल्टिनी’ फिल्म १५ असारमा प्रदर्शनमा आउने भएको छ । निर्देशक निमा लामा तामाङले फिल्म असार १५ देखि देशभरका रिलिज गर्न लागेको जानकारी दिए ।
दीलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङ लगायतका कलाकारको अभिनय रहेको छ । 
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी’को बितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनले ‘ए सोल्टिनी’ पछि ‘दोषी’को र ‘परदेशले लुटेको सपना ’ फिल्म निर्देशन गरेका छन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ । 
काठमाडौ उपत्यका वरिपरि खिचिएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । बिश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप