शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरी मामु’ फिल्ममा प्रदीपको हिरोइन अश्लेषा

आइतबार, ०३ असार २०७५, ११ : २६
आइतबार, ०३ असार २०७५

काठमाडौं – ‘प्रेम गीत–२– चलचित्रमा अभिनेता प्रदीप खड्काका जोडी बनेर चर्चा कमाएकी अभिनेत्री अश्लेषा ठकुरी फेरी निर्माता सन्तोस सेनकै ब्यानरमा निर्माण हुने चलचित्रमा देखिने भएकी छन् । 

उनी सेनको ब्यानर आसुसेन फिल्मस्ले निर्माण गर्न लागेको चौथो चलचित्र  ‘मेरी मामु’मा देखिन लागेकी हुन् । बालमनोविज्ञान र आमा–छोरा विचको सम्बन्ध बोल्ने चलचित्रमा उनले नायक सरुक ताम्राकारसँग जोडी बाध्ने निर्माता सेनाले जानकारी दिए ।

६ बर्षिय बालकलाकार आयुब सेनको मुख्य भुमिका रहने चलचित्रमा कुशुम गुरुङ, भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरीको अलवा बालकलाकार कृजन गौतम र शुभम बिष्ट समेतको अभिनय रहने छ ।
‘प्रेमगीत २’की हट हिरोइन अश्लेषाले चलचित्रमा कस्तो भुमिका देखिने छिन् भन्ने निर्माण युनिटले अहिले गोप्य राखेको छ । 

यम थापाको लेखन निर्देशन रहने ‘मेरी मामु’ आफुले यस अगाडी निर्माण गरेको चलचित्र झै उत्कृष्ट बनाउने निर्माता सेनको भनाई रहेको छ । चलचित्रको रिलिज मिति १५ भदौ जुरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप