बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिथुनले किशोरकी तेस्री श्रीमतीसँग गरेका थिए विवाह, श्रीदेवीसँग पनि गरे गोप्य विवाह

आइतबार, ०३ असार २०७५, १० : ०७
आइतबार, ०३ असार २०७५

बलिउडमा डिस्को डान्सरको नामले चर्चित नायक मिथुन चक्रवर्ती ६८ वर्ष भएका छन् । सन् १९५० को जून १६ तारिखमा कोलकोतामा जन्मिएका मिथुनको वास्तविक नाम गौरांग चक्रवर्ती हो । यद्यपी, यो नाम उनले फिल्ममा कहिले पनि प्रयोग गरेनन् । मिथुनको नाम उनका को–स्टार रंजिता, योगिता बाली, सारिका र अन्य केही नायिकासँग जोडियो तर श्रीदेवीसँगको सम्बन्धले भने अत्यधिक चर्चा पायो ।

मिथुनले अभिनेत्री योगिता बालीसँग विवाह गरेका थिए । योगितासँग मिथुनका तीन छोरा भए । तीमध्ये एकलाई मिथुनले पालेका थिए । योगिता गायक किशोर कुमारकी पूर्वपत्नी थिइन् । योगिता किशोरकी तेस्री श्रीमती थिइन् । तर उनलाई मिथुन यति मन पर्यो कि उनले किशोरलाई छोडिदिइन् ।

नायिका योगिता बालीसँग विवाह भएपछि पनि सन् १९८० को दशकमा नायिका श्रीदेवीसँग उनको प्रेम बस्यो ।

 सन् १९८४ मा रिलिज भएको फिल्म ‘जाग उठा इन्सान’ मा मिथुन–श्रीदेवीले पहिले पटक स्क्रिन सेयर गरेका थिए । उक्त फिल्मको सुटिङसँगै यी दुईको सम्बन्धबारे चर्चा हुन थालेको हो । मिथुन चक्रवर्तीले एक अन्तर्वार्तामा आफूले श्रीदेवीसँग गोप्य रुपमा विवाह गरेको स्विकारेका थिए ।

मिथुनकी श्रीमती योगिता बालीले एक अन्तर्वार्तामा आफूलाई मिथुन–श्रीदेवीको विवाहबारे जानकारी भएको बताइन् ।

एक पत्रिकाले त दुबैको विवाहको सर्टिफिकेटसमेत छापिदिएको थियो ।

यद्यपी, यी दुईको सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन । यसको कारण मिथुनकी श्रीमती योगिता थिइन् । दुबैले विवाह गरेको थाहा पाएपछि योगिताले एकैपटक अत्यधिक मात्रामा औषधी सेवन गरेर आत्महत्या प्रयास गरेपछि मिथुन योगिता भएठाउँ फर्किएको भारतीय संचारमाध्यमले जानकारी दिएका छन् ।

यता योगिताले भने श्रीदेवीलाई आफूले मिथुनकी दोस्री श्रीमतीको रुपमा स्विकार गरिसकेको जानकारी एक पत्रकार सम्मेलनमा दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप