शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन् (भिडियोसहित)

आइतबार, ०३ असार २०७५, ०९ : ३५
आइतबार, ०३ असार २०७५

इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् ।

५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए । स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए ।

‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस अधिकारी हिम्काले बताए ।

‘अजिंगरको पेट चिरेर हेर्दा तिबाको शरिर भित्र भेटियो ।’

गत बिहिबार रातीदेखि हराइरहेकी तिबालाई आफन्तसहित सयजना स्थानीयले खोजी गरेका थिए ।

हाम्काका अनुसार तिबाको चप्पल पाइएको ३० मिटर पर अजिंगर भेटिएको थियो । अजिंगरले तिबाको टाउको पहिले निलेको बताइएको छ ।

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप