शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मार्सेलो : बिच फुटबलदेखि ब्राजिलको कप्तानसम्म

आइतबार, ०३ असार २०७५, १९ : ५५
आइतबार, ०३ असार २०७५

एजेन्सी । रियल म्याड्रिडका स्टार मार्सेलोले विश्वकपमा ब्राजिलको कप्तानी गर्न पाउँदा आफ्नो बाल्यकालको सपना पूरा भएको बताएका छन् ।

३० वर्षीय फुल–ब्याकले आइतबार समूह ई अन्तरगत स्वीटजरल्याण्डसँगको खेलमा ब्राजिलको कप्तानी गर्दैछन् ।

ब्राजिल विश्वकपको सदाबाहार दाबेदार मानिन्छ र यो पटक टिटेको टोलीले छैटौँपटक यो उपाधि उचाल्ने अपेक्षा गरिएको छ ।

यस जिम्मेवारीबाट दबाब महसुस गर्नुभन्दा पनि मार्सेलो यसबाट गर्व महसुस भएको बताउँछन् ।

‘टोलीको नेतृत्व गर्न मलाई मनपर्छ र मलाई लाग्छ म मेरो टोलीमा सकारात्मक उर्जा प्रदान गर्ने सक्नेछु,’ उनले भने ।

‘सबैले टोलीमा आ–आफ्नो योगदान गर्छन् । म ३० वर्षको भएँ र अहिलेसम्म जे जे भोगे त्यसबाट केही पाठ लिएको छु ।’

उनी थप्छन्, ‘बाल्यकालमा जब म समुद्रको तटमा फुटबल खेल्थेँ, म आफ्नो राष्ट्रिय टोलीलाई विश्वकपमा प्रतिनिधित्व गर्ने खेलाडी बन्ने सपना बुन्थे र आज मैले कप्तान बन्ने अवसर पाएको छु ।’

‘यो कुरालाई पैसाले पनि किन्न सक्दैन,’ उनी भन्छन् ।

अझै पनि ब्राजिलसँग चार वर्षअघि बेलो होरिजोन्टेमा जर्मनीसँग सेमिफाइनलमा भोगेको ७–१ को लज्जास्पद पराजयको सम्झना बाँकी छ । तर, मार्सेलो त्यसलाई फुटबलमा भइरहेको सामान्य परिघटना मात्र मान्छन् ।

‘यो फुटबलमा भइरहन्छ,’ उनले भने, ‘हो, त्यो नतिजा फरक भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ । तर, त्यसबाट विचलित भएका छैनौँ । यदी त्यसबाट म स्तब्ध भएको भए सायद आज म यहाँ फुटबल खेलिरहेको हुने थिइनँ, सन्यास लिइसक्थे । नराम्रो कुराले म आफूलाई प्रभावित हुन कहिले पनि दिन्न ।’

यो विश्वकप नयाँ चुनौति भएको बताउँदै उनले आफ्नो लक्ष्य भनेको टोलीका लागि धेरैभन्दा धेरै गोलको अवसर सृजना गर्नु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप