मुग्लिन-नारायणगढ सडकमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
आइतबार, ०३ असार २०७५, ०९ : २५
चितवन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बिहान करीब ७ बजेतिर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।
उनीहरुको सनाखत भएको छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा६५प ३७०४ नंको मोटरसाईकल आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पुलमै अड्किएको र मोटरसाइलमा सवार दुई जना उछिट्टिएर सडकबाट करीब सय मिटर तल खसेको आचार्यले बताए । शवलाई कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली र जनपद प्रहरीले शव निकालेका जनाइएको छ । अफ्ठेरो स्थानमा खसेकाले प्रहरीले डोरीबाट गएर शव निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ