पेनाल्टी मिस हुँदा दुख्छ, बराबरीको जिम्मेवारी म लिन्छु : मेस्सी
एजेन्सी । आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरुलाई धैर्यता राख्न आग्रह गरेका छन् ।
मेस्सीले पेनाल्टी मिस गर्दा सन् २०१८ को विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना मस्कोमा बराबरीमा रोकियो थियो ।
समूह डी अन्तरगतको खेलमा सर्जियो अगुएरोले अर्जेन्टिनालाई अग्रता दिलाए पनि अल्फ्रेड फिन्बोगासनको ऐतिहास गोलको मद्दतले आइसल्याण्डले खेलमा बराबरी गरेको थियो ।
उता, आइसल्याण्डका गोलकिपर थोर हालडोरर्सनले मेस्सीको पेनाल्टीसहित उनको ११ वटा प्रहार रोकेका थिए ।
सन् २०१४ पछि तीनवटा फाइनलमा पराजित भएका अर्जेन्टिनी कप्तानले खेलपछि भने, ‘हाम्रो लागि आइसल्याण्ड सहज प्रतिद्वन्द्वी थिएन । हामीलाई ब्रेक गर्न गाह्रो भइरहेको थियो ।’
‘पेनाल्टी मिस हुनु दुःखद थियो,’ उनले भने, ‘म यसको जिम्मेवारी लिन्छु ।’
‘हामी उत्तेजित हुन आवश्यक छैन । हामी जीतको हकदार थियौँ । हामीले अझ धेरै सुधार गर्नुपर्नेछ । अहिलेका लागि हामी शान्त हुन जरुरी छ,’ उनले भने ।
बार्सिलोनका सुपरस्टारले क्लब र देशका लागि पछिल्ला ७ पेनाल्टीमध्ये चारवटामा गोल गर्न असफल भएका छन् ।
यता, मेस्सीका समकक्षी सर्जियो अगुएरोले मेस्सीको बचाउ गरेका छन् ।
‘मेस्सी आखिर मानिस नै हुन्,’ उनले भने, ‘आज हामी उनको साथ उभिन जरुरी छ । उनले कुनै बेला खेललाई परिवर्तन गर्न सक्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री