६० वर्षका जोनी लिभर किन फिल्मबाट गायब ? यस्तो छ कारण
६० वर्षका जोनी लिभरलाई आजकाल बलिउड फिल्ममा त्यति देख्न पाइँदैन तर उनका प्रशंसकको भने कमी छैन । आजकाल टेलिभिजन कार्यक्रम ‘पार्टनर्स’ मा देखिएका जोनीले काम कम गर्नुका कारण र नयाँ प्रोजेक्टबारे कुराकानी गरेका छन् ।
काम कम गर्नुका केही विशेष कारण ?
मैले अत्यधिक काम गरेको छु, त्यसकारण मानिसहरुले मलाई राम्रो मान्नुहुन्छ । अब म अहिले काम छान्ने भएको छु । सधैं एउटै काम गर्न थालें भने मेरा प्रशंसकलाई पनि दिक्क लाग्न सक्छ । नयाँ हाँस्यकलाकार हामी जस्तै चुजी हुन सक्दैनन् । उनीहरुले काम छान्न थाले भने के खान्छन् ? उनीहरुले काम पाउन् भनेर म आराम गरेर बसिरहेको छु ।’
टेलिभिजन कार्यक्रम ‘पार्टनर्स’ मा तपाईंले दर्शक र प्रशंसकको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
मैले ‘पार्टनर’ मा विशेषगरी बच्चाहरुको प्रतिक्रिया पाइरहेको छु । उनीहरुले मैले गरेको काममा विशेष रुची दिने गरेका छन् ।
के कुनै फिल्म वा वेबसिरिज पनि गरिरहुनभएको छ ?
म साजिल नाडियाडवालाको हाउसफुल–४ र संजय दत्तको होम प्रोडक्सनको एक फिल्ममा काम गरिरहेको छु । यसका साथै, एकता कपुरको एक वेबसिरिज पनि गर्ने भएको छु जसबारे अहिले नै कुरा गर्न सक्दिनँ । अहिले हरेक व्यक्तिले कमेडी गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ