नयाँबजारमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
शनिबार, ०२ असार २०७५, २१ : ०७
काठमाडौँ । काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको मोटरसाइकल र बा ५३ प ३६८२ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भई काठमाडौँ बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले स्कुटर दुर्घटनामा गम्भीर घाइते भट्टको उपचारका क्रममा पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा