बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनालाई आइसल्यान्डले बराबरीमा रोक्यो, यसरी चुके पेनाल्टीमा मेस्सी (भिडियो)

शनिबार, ०२ असार २०७५, २० : ४२
शनिबार, ०२ असार २०७५

काठमाडौं । फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले १–१ को बराबरी खेलेका हुन् । 

पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल गरेका थिए । त्यसलगत्तै अर्जेन्टिनाले गोल गरेको ४ मिनेटमै आइसल्यान्डका लागि अल्फ्रेड बिनबोगसले २३ औं मिनेटमा गोल गरी बराबरी बनाए । 

खेलमा अर्जेन्टिनाले दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो । होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो । 

आइसल्याण्डसँग १–१ को बराबरी भएको बेला, स्टार स्ट्राइकर मेस्सीको प्रहारलाई विपक्षी गोलकिपर ह्यानेस थर हल्डर्सनले रोके । रुस विश्वकपको आफ्नो पहिलो खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप