बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुन तस्करीमा संलग्न ठूला माछा समातेर देखाउन सरकारलाई चुनौती

शनिबार, ०२ असार २०७५, १९ : ४९
शनिबार, ०२ असार २०७५

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले सुन तस्करीमा संलग्न ठूला माछा समातेर देखाउन सरकारलाई चुनौति दिएका छन् । 

राजधानीमा सनिबार आयोजित कार्यक्रममा नेता कोईरालाले गृहमन्त्री रामबहादुर थापाले ठूला माछा समात्ने भन्दै हिँडेको उल्लेख गर्दे समातेर देखाउन सार्वजनिक चुनौति दिएका हुन् । 

उनले भने, ‘मैले मिडियाबाट च्यालेन्ज गरेको छु । कसरी समाउनुहुन्छ भनेर । सक्नुहुन्न । किन भने उहाँहरुकै मान्छेहरु पर्छन् । समातेर देखाउनुहोस् ।’ उनले मुलुक अधिनायकवाद, सर्वसत्तावाद र थाहा नपाईदो ढंगले निरंकुशतावादतर्फ धकेलिदै गएको टिप्पणी गरे । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा शक्ति केन्द्रित गर्न खोजेको पनि आरोप लगाएका छन् । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संवैधानिक निकायलाई निकम्बा बनाउने गरि सर्वेसर्वा हुन खोजेको आरोप उनले लगाउ । 

प्रधानमन्त्रीले एनजीओ आईएनजिओको अनुगमनका नाममा राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पति सुद्धिकरण विभाग लगायतलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उनको तर्क थियो ।

नेता कोईरालाले गृहमन्त्रीलाई गृहमन्त्री भन्दा पनि अनुगमनमन्त्री भन्न रुचाएको भन्दै व्यंग्य गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप