मिर्गौला पीडित दिपक शाहलाई आर्थिक सहयोग
कतार–अर्घाखाँची सेवा समाज कतारले १५ औ मासिक बैठक दोहा स्थिति मुन्ताजा पार्कमा सम्पन्न गरेको छ।महा सचिव टेक राज थापाको सञ्चालनमा अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा जिल्ला बासीहरुको उलल्खिनीय उपस्थिति रहेको रहेको थियो।
स्वागत मन्तव्यको क्रममा संस्थाका उपाध्याक्ष केदार नाथ भुसालले अब देश आर्थिक सम्वृद्धि नेपाल बन्ने क्रममा अगाडी बढेकोमा खुशी व्यक्त गर्दै गत महिनाको हप्ता सम्पन्न भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा निर्वाचित हुनु भएका जिल्ला बासी सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको सफल कार्यकालको सुभकामना सन्देश प्रकट गरेको थियो ।
त्यसै गरि सबैले आ आफ्ना भनाई राख्ने क्रममा भोलिका दिनहरुमा खेललाई अझ मज्बुत बनाएर अगाडि बढनमा प्रोत्साहित गर्नु पर्ने खेल पनि एक रास्ट्रको गहना, हो भन्ने बारे विश्लेषण गरिएको थियो ।इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदानको सुभ अबसरमा २७ जुन २०१७ का दिन तमु प्य ल्हु संघ कतारले आयोजना गरेको खुल्ला भोलिबल प्रतियोगीतामा अर्घाखाँची सेवा समाज कतारले पनि उक्त खेलमा सहभागीता जनाएको बारे समिक्षा गरेको थियो ।
खेलको क्रममा विभिन्न समयमा विभिन्न स्थानमा यातायातमा सहयोग सहयोगी ब्याक्तित्वहरु कृष्ण प्रसाद श्रेष्ठ, बिष्णु ब .कुँवर ,आत्मा ब. कुँवर ,बाला राम पाण्डे,कमल अर्याल ,नारायण राना , खेल सयोजक बिष्णु क्षेत्री लगाएत खेला सहभागी खेलाडीहरुलाई संस्थाले धन्यवाद प्रकट गरेको थियो। यसैगरी कोषाध्यक्ष राम प्रसाद पराजुलीले बिभिन्न समय भएका आर्थिक विवरणहरु प्रस्तुत गरेका थिए।
यस्तै सन्धिखर्क नगर पालिका वडा न .४ साबिक निवासी मिर्गौला पीडित दिपक शाह गत १ बर्ष देखि उपचाररत रहनु भएका उहाँलाई अर्घाखाँची सेवा समाज कतारले सेवा नै घर्म हो हेतुले उपस्थिति कार्यसमितिहरुबाट संकलन गरि कतारी रियाल जम्मा ५२७ अर्थात नेपालि रुपैया १४,४२८.७६ अर्थात चौध हजार चार सय अठाईस रुपैया यसै सस्थाका कार्यकारी सदस्य अब्जल मियाँलाई हस्तान्तरण गरिएको छ । उहाँकै सहयोगमा सुर्य प्रसाद श्रेष्ठ को नाममा बैंक मार्फत नेपाल पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा