शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इद मनाउन घर आएका नसिमुल प्रहरी फन्दामा, स्थानियवासिन्दा आक्रोशित

शनिबार, ०२ असार २०७५, १७ : ५९
शनिबार, ०२ असार २०७५

वीरगञ्ज । इद मनाउन काठमाडौंबाट वीरगञ्ज आएका नसिमुल हक अन्सारीलाई इलाका प्रहरी कार्यालय सिमराले अनाहकमा पक्राउ गरी हिरासतमा लिएपछि स्थानिय वासिन्दा आक्रोशित भएका छन् । 

इलाका प्रहरी कार्यालय सिमराका इञ्चार्ज प्रहरी निरिक्षक भुवन भट्टको कमाण्डमा खटिएको टोलीले पक्राउ पुर्जी बिना नै  वीरगञ्ज महानगरपालिका – ३२ निवासी नसिमुल हक अन्सारीलाई हिजो साँझ पक्राउ गरेको  थियो । 

इद मनाउन घरमा आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने क्रममा विवाद भएपछि घरमा रहेका महिला, बालबालिकाहरुलाई समेत प्रहरीले कुटपिट गरि दुव्र्यवहार गरेको पिडित परिवारले बताएका छन् । 

नसिमुललाई किन पक्राउ गरियो ? भन्ने विषयमा निजको परिवारले सोध खोजगर्दा समेत प्रहरी निरिक्षक भट्टले आलटाल जवाफ दिने गरेको पिडितका भाई  अमानुल हक अन्सारीले बताए । 
 
नसिमुललाई पक्राउ गरेको विषयमा बुझ्न गएका सञ्चारकर्मीहरुलाई समेत प्रहरी निरीक्षक भट्टले केही बताएनन् । प्रहरी निरिक्षकले पक्राउ गर्नुको कारण र मुद्दाको बारेमा बुझ्ने अधिकार सञ्चारकर्मीलाई नभएको भन्दै आफूले कारण नखोल्ने चेतावनी दिएका थिए । 

नसिमुल विरुद्ध वीरगञ्ज महानगरपालिका ३२ चोर्नीका अनिल श्रीवास्तवले ठगि मुद्दामा उजुरी दिएकै भरमा घटनाको वास्तविकता नबुझी निर्दोष नसिमुललाई प्रहरी निरिक्षक भट्टले श्रीवास्तवको प्रभावमा परि पक्राउ गरेको पिडितका परिवारजनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप