रामदेवीको पुस्तक ‘हाइकिङ काठमाडौं’ विमोचन
शनिबार, ०२ असार २०७५, १७ : २१
काठमाडौं–हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ विमोचन गरिएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमका बीच महर्जनको पुस्तक विमोचन गरिएको हो ।
पुस्तकभित्र विभिन्न ६२ वटा हाइकिङ रुट, हाइकिङ टिप्स, काठमाडौं सेरोफेरोका होमस्टे, स्वास्थ्यबद्र्धक खाना, दुःखमुक्तिको शास्त्र, प्रकृतिप्रेमी समूहलगायतका विषयलाई समेटिएको छ।
हिमालय म्याप हाउसले प्रकाशन गरेको पुस्तकको सम्पादन अमृत भादगाउँले र पवन शाक्यले गरेका हुन् । यो पुस्तकले मर्यादित र स्वस्थ आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने विस्वास गरिएको छ ।