कम्युनिष्टहरुले काँग्रेसलाई अफ्ठ्यारो अवस्थामा पुर्याएः पौडेल
काठमाडौँ–नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बत “कम्युनिष्टहरुले काँग्रेसलाई अफुठ्यारो अवस्थामा पु¥याएका छन्, यसको विरुद्धमा काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्नुपर्छ,”–उनले भने ।
वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले युवालाई आकर्षित गर्दै सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अफ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि काँग्रेस एक हुनुपर्ने बताए ।
सम्पर्क समितिका अध्यक्ष ओमशर्मा चापागाईं, नवराज गुरुङ, राजेन्द्रप्रसाद तिवारीलगायतले गुट उपगुटको अन्त्य गरी पर्वतमा काँग्रेसको संगठन निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला