शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्षादको पानी प्रयोग नगर्न सुझाव, महामारी फैलिन सक्ने खतरा

शनिबार, ०२ असार २०७५, १५ : ३२
शनिबार, ०२ असार २०७५

काठमाडौं -जल तथा मौसम विज्ञान विभागले मनसून सक्रिय नभएसम्म बर्षादको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आव्हान गरेको छ ।

भारतको राजस्थानबाट धुँलो नेपालको पश्चिमी भूभागबाट आँधीको रुपमा प्रवेश गरि पुर्वीय हावासंग मिश्रण हुँदा भएको बर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै बर्षादको पानी प्रयोग नगर्न आग्रह गरेको हो । 

मौसमविद् मीनकुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नया पानी प्रयोग गर्न सुझाव दिए ।

उनले पहेलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औल्याए । 

आकासे पानी संकलन गरेर कृषि, पशुचौपाय अर्थात घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ । 

अझै केही दिन धुलोसहितको वर्षा हुने

भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार राती परेको बर्षा पहेलो र हिलो मिसिएको पाईएको उनले बताए । 

उनले अझै केही दिन बर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए ।

उनले धुलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर नेपालको मनसुनी दक्षिण पुर्वी हावाको प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने बताए । 

शुक्रबार सांझ मुलुकका विभिन्न स्थानमा परेको पानी पहेलो र हिलो मिसिएको पाईएपछि सर्वत्र त्रास फैलिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप