शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारका मन्त्रीहरुनै भ्रष्टाचारी :डा. केसी

शनिबार, ०२ असार २०७५, १५ : २५
शनिबार, ०२ असार २०७५

काठमाडौं -डाक्टर गोविन्द केसीले वर्तमान सरकार र सरकारमा सहभागी मन्त्रीहरुले पञ्चायतकालिन राजा महाराजाको प्रवृत्ति देखाएको आरोप लगाएका छन् । 

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सनिबार माईतीघर मण्डलामा मुखमा टेप टांसेर विरोध गरेका डाक्टर केसीले सरकारले जनतालाई रैति ठान्ने गरेको दाबी गरे ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रिय र स्वईच्छाचारी ढंगले अघि बढेकाले आफुले मुखमा टेप लगाएर विरोध गर्नुपरेको स्पष्ट गरे । 

उपत्यकाका ७ स्थान बाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रर्दशनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दिदै उनले मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताए । 

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरुनै भ्रष्टाचारी भएको दाबी गरे । 

प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कारवाही नगरिकनै कम हुने दाबी गरे । 

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लगायत ६ बुँदे माग अघि सार्दै डाक्टर केसीले पुरा नभए सत्याग्रह सहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप