शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिस्टियानो रोनाल्डो : बिबाह नगरी  ४ सन्तान !

शनिबार, ०२ असार २०७५, १५ : १८
शनिबार, ०२ असार २०७५

एजेन्सी–पोर्चुगलका फुटबल स्टार क्रिस्चियानो रोनाल्डो विश्वकप २०१८ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । शुक्रबार स्पेन र पोर्चुगलबिच भएको फुटबल भिडन्तमा उनले पहिलो ह्याट्रिकको खाता खोलेका हुन् । रसियाको फिस्ट ओलम्पिक मैदानमा भएको प्रतिष्पर्धामा खेलको शूरुवातमै स्पेनीस खेलाडीले फल गरेपछि पेनाल्टीमार्फत रोनाल्डोले गोलको खाता खोलेका थिए । उनले खेलको चौथो, चौवालिसौ र अठासिऔ मिनेटमा स्पेन विरुद्ध गोल गरेका थिए । 

पोर्चुगलको फनचल मदेइरामा ५ फरबरी १९८५ मा जन्मिएका रोनाल्डोको नाम उनकी आमा मारिया डालोरेसले अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रीगनको नामको प्रभावमा राखेकी थिइन् । पोर्चुगलमा रोनाल्डो नाम दुर्लभ मानिन्छ । 
सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टिमका खेलाडी उनी सन् २००९ देखि रियल मड्रिड क्लबमा आवद्ध भएर खेलीरहेका छन् ।  त्यसअघि उनी सन् २००१ देखि ३ सम्म स्पोर्टिङ सिपी, २००३ देखि २००९ सम्म म्यानचेष्टर यूनाइटेडमा आवद्ध थिए । ६ फिट १ इन्च अग्ला उनी फरवार्डर हुन् । उनको शूल्क ८ करोड पाउन्ड हाराहारी रहेको छ । 

रोलाल्डोको ७ बर्षका छोरा क्रिस्टियानो जुनियर छन्  । उनकी आमा को हुन् उनले अहिलेसम्म खुलाएका छैनन् । ३ बर्षअघि रोनाल्डो ५ बर्षदेखि सम्बन्धमा रहेकी आफ्नी प्रेमिका इरीन शयकसँग छुट्टिएका थिए । 
क्रिस्चियानो रोनाल्डोको रोचक पक्ष के छ भने उनी बिहे नै नगरी ४ सन्तानको बाबु बनेका छन् । गत जुन १७ मा भाडाकी आमाबाट अमेरिकमा इभा र मट्यो नामका जुम्ल्याहा सन्तान पाएका थिए । उनका एक ७ बर्षका छोरा क्रिस्चियानो रोनाल्डो छन्, जसको आमा को हुन उनले अहिलेसम्म खुलाएका छ्रैनन् । हालै उनले आफ्नी केटीसाथीबाट एक छोरी जन्माएका छन् । जर्जिना रोड्रिगेजले गएको नोभेम्बर १२ मा छोरीको जन्म दिएकी थिइन् । २२ बर्षकी जर्जिनालाई स्पेनको राजधानी मडरिडमा भेटेका थिए । 

७ बर्षका जुनियर रोनाल्डो उनकी हजुरआमा डलोरेशसँग मड्रिडमा बस्ने गरेका छन् । उनकी आमालाई रोनाल्डोले सन्तान प्राप्तिका लागि १० मिलियन पाउण्ड तिरेका थिए । रोनाल्डोले पत्रकार जोनाथन रोससँगको कुराकानीमा भनेका छन्–‘मान्छेहरु म यो केटीसँग थिएँ वा त्यो केटीसँग थिएँ अथवा उनी भाडाकी आमा थिइन भन्ने अनुमान गर्छन् । मैले यसबारेमा अहिलेसम्म कसैलाई भनेको छैन र भन्नेपनि छैन् ।’ उनले भनेका छन्–‘जब क्रिश्चियानो जुनियर बढ्दै गइरहेको छ, म उसलाई नै साँचो बताउनेछु किनकी उसले त्यसलाई बुझोस्, उ मेरो छोरो हो तर म मान्छेहरुले चाहेको बताउन गइरहेको छैन् ।’ उनले आफू बुढो भएपछि मात्र छोरालाई उनकी आमाको बारेमा बताउने प्रतिक्रिया दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप