शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अझै केही दिन धुलोसहितको वर्षा हुने

शनिबार, ०२ असार २०७५, १४ : १७
शनिबार, ०२ असार २०७५

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले धुलोसहितको धमिलो वर्षाको प्रवाम अझै केही दिनसम्म रहने भएको छ । 

हिजो साँझबाट देशका विभिन्न भु–भागहरुमा पहेंलो धुलो सहितको धमिलो वर्षा भइरहेको छ। 

भारतको राजस्थान आसपासको मरुभूमिमा केहि दिन देखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमशः पूर्वतिर सर्दै गंगाको फाँट माथिको वायूमण्डलमा बिस्तार हुँदै नेपालकोवायूमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातीबाट परेको बर्षामा धेरै स्थानहरुमा धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिएको महाशाखाले जनाएको छ ।

राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलेरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसून सकृय भै देशको पश्चिमी भाग सम्म नाफैलिँदासम्म अझै केहि दिन सो धुलोको प्रभाब नेपालको वायूमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना रहेको महाशाखाको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप