शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पका पूर्व प्रचार प्रमुख जेल चलान

शनिबार, ०२ असार २०७५, १३ : ५९
शनिबार, ०२ असार २०७५

एजेन्सी–अमेरिकाको एक अदालतले शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व प्रचार प्रमुख पाउल मैनफोर्टलाई काजगाजमा हेरफेरको आरोपमा न्यायीक प्रक्रिया पुरा हुनेबेलासम्मका लागि जेल पठाएको छ ।

उद्योगपति तथा लामो समयसम्म रिपब्लिकन पार्टीका लागि काम गर्ने मैनफोर्ट बर्ष २०१६ को राष्ट्रपति चुनावमा रुसको भूमिकाको जाँच गर्नेवाला विशेष अधिवक्ता रोवर्ट म्यूलरको निशानामा थिए ।

उनीमाथि मुख्यत वित्तियगढबढी सम्बन्धी आरोप लगाइएको छ, जसमा अवैध धन वैद्य गर्ने र अमेरिकालाई धोका दिनेको आरोप सामिल छ ।

उनीमाथि लागेका आरोप प्रमाणित हुन सकेन र उनी भर्जिनियास्थित आफ्नो घरमा नजरबन्द थिए । 

विशेष अधिवक्ता रोवर्ट म्यूलरले पछिल्लो साता मैनफोर्टमाथि आरोप लगाएका थिए ।

अदालतले उनको जमानत रद्द गर्यो र जेल पठायो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप