मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

युुवराजको हत्या आरोप लागेका प्रहरी जवान फरार, भारततर्फ भागेकाे अाशंका

शनिबार, ०२ असार २०७५, १३ : ३४
शनिबार, ०२ असार २०७५

रौतहट – कटहरिया नगरपालिका ९  डुुमरियाका १२ वर्षीय बालक शनिदेवल भन्ने युुवराज साहको हत्यामा संलग्न रहेको आरोप लागेका एकजना प्रहरी जवान सम्पर्कबिहीन भएका छन् । 

घटनाका मुुख्य योजनाकार भनिएका कटहरिया नपा वडा ९ का वडा अध्यक्ष रामाज्ञा यादवका भाई प्रहरी जवान होश नारायण यादव सम्पर्क बिहिन भएका हुन् ।

नाबालक हत्या प्रकरणमा संलग्न रहेको भन्दै पीडित पक्षले यादव दाजुभाईसहित १६ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दर्ता गराएका थिए ।

किटानीको आधारमा बारा मुुसहर्वा प्रहरी चौकी दरबन्दी रहेका प्रहरी जवान होश नारायणयादवलाई हाजिर गराउन ईलाका प्रहरी कार्यालय गरुडाले बारा प्रहरी लाई पत्र लेखेको थियो । पत्र लेखेको ३ दिन बित्दा पनि उनी  हालसम्म सम्पर्कमा नआएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चतुुर्भुुज ओझाले बताए । 

उता बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जित राठौरले दुईदिन अघि प्रहरी जवान होस नारायण यादवलाई रवाना दिएर पठाएको बताए । 
दुुईदिन बित्दासम्म  यादव रौतहट अथवा बारा प्रहरीको सम्पर्कमा नहुनुले उनी भारत तर्फ फरार भएको आशंका गर्न थालिएको छ ।
स्रोतका अनुसार हाल रौतहट र बाराका प्रहरी फरार प्रहरी जवान यादवको खोजीमा जुटेको छ ।

अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी तारिणी प्रसाद लम्सालले घटनालाई आफूले  गम्भीर रुपमा लिएको बताउँदै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गरिने बताए । 

मृतक युुवराज साहका काका उद्योगपती ओम प्रकाश जयसवालले नाबालकको अपहरणदेखि हत्यासम्मा प्रहरी जवान होस नारायण यादवको प्रत्यक्ष संलग्नता रहेको दावी गरे । 

गत आईतवार राती स्थानीय  स्वास्थ्यकर्मी अहेव दिलिप साहको छोरा युवराजको सुतेकै ठाउँबाट अपहरणमा परेका थिए । 
अपहरणकारीले एक करोड फिरौती मारेको र त्यो नपाएपछि युवराजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि मोबाईल सेट, २ वटा सिमकार्ड, हत्यामा प्रयोग भएको हतियार एकथान थ्रिनटथ्री गोलीसहित १२ जना अभियुुक्तलाई नियन्त्रणमा लिसकेको छ ।

पीडितको जाहेरीको आधारमा वडा ९ का वडा अध्यक्ष रामाज्ञा यादवसहित उनका दाजुु रामबालक यादव प्रहरी जवान होस् नारायण यादव सहित १६ जनाविरुद्ध   अपहरण,हत्या तथा हात हतियार मुुद्धा दर्ता भएको पनि जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र केसीले बताए । 

अभियुक्त १६जना मध्ये प्रहरीले १२ जना लाई नियन्त्रणमा लिसकेको तथा बाँकीको तदारुक्तासाथ खोजी भईरहेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप