शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'म विश्वको उत्कृष्ट खेलाडी किनभने मेस्सी र रोनाल्डो ‘एलियन’ हुन्'

शनिबार, ०२ असार २०७५, १३ : ०४
शनिबार, ०२ असार २०७५

काठमाडौँ । पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमार आफूलाई विश्वकै उत्कृष्ट खेलाडी ठान्दछन् किनभने उनको भनाईमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो यो पृथ्वीकै होइनन् ।

विश्वकपमा फेरि एकपटक ब्राजिलको अपेक्षाको बोझ उठाइरहेका नेयमार ‘बालोन डि’ ओर को प्रतिक्षामा रहेका खेलाडी’ मानिन्छन् । 

यसअघि दुईपटक तेस्रो स्थानमा सिमित भएका नेयमारले बार्सिलोना र रियल म्याड्रिडका दुई स्टारलाई उछिन्न सकेका छैनन् ।  उनी पनि यो कुरा असम्भव रहेको स्वीकार्छन् ।

र, मेस्सी र रोनाल्डोले आफ्नो खेललाई अन्य कुनै खेलाडीले बराबरी गर्न नसक्ने उचाईंमा पुर्याउँदा २६ वर्षीय दक्षिण अमेरिकी खेलाडी बाँकी खेलाडीमध्येको उत्कृष्ट हुनुमा चित्त बुझाउँछन् ।

युट्युब च्यानल डेसिमपेडिडोसँग कुराकानी गर्दै अन्य खेलाडीहरुभन्दा रोनाल्डो र मेस्सी धेरै माथि भएको बताए ।

‘आज म विश्वको उत्कृष्ट खेलाडी हुँ, किनभने उनीहरु यो धर्तीका नै होइनन्,’ उनले भने ।

आफू उत्कृष्ट भएको ठट्टा गरिरहँदा नेयमारले आफ्नो लागि व्यक्तिगत सफलता ठूलो कुरा नभएको पनि बताए । स्पेनमा बार्सिलोना र फ्रान्समा पिएसजीसँग उपाधि जितेका उनको अबको लक्ष्य भनेको ब्राजिलका लागि धेरै उपाधि जित्नु रहेको बताउँछन् ।

‘म विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्न । म ब्राजिलका लागि विश्वकप जित्न चाहन्छु,’ उनले थपे, ‘उपाधि जित्दा मलाई, मेरो परिवार र मेरो देशलाई खुसी दिनेछ ।’

ब्राजिल यस विश्वकपमा समूह ईमा स्वीटजरल्याण्ड, कोस्टारिका र सर्बियासँग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप