शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकै खेलमा रोनाल्डोको किर्तिमानै किर्तिमान

शनिबार, ०२ असार २०७५, १२ : ४०
शनिबार, ०२ असार २०७५

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको अगाडि रेकर्डहरु टिक्दैनन् । यो कुरा फेरि एक पटक पुष्टि भएको छ ।

शुक्रबार राती स्पेनविरुद्धको खेलमा रोनाल्डोले एक साथ कयौँ रेकर्ड कायम गरेका छन् ।

क्लबस्तरमा रियल म्याड्रिडबाट एकपछि अर्को किर्तिमान भंग गरिरहेका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा  पनि नयाँ किर्तिमान राख्न सफल भएका हुन् ।

खेलको तेस्रो मिनेटमा नै क्रिस्टियानो रोनाल्डोलाई क्लबका समकक्षी नाचोले लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोले स्पेनका गोलकिपर डेभिड डि गेयालाई छलाउँदै गोलमा परिणत गरे ।

यो गोल सन् १९६६ पछि विश्वकपमा भएको सबैभन्दा चाँडो गोल थियो । होजे अगस्तोले हंगेरीविरुद्ध १ मिनेट ३५ सेकेण्ड जाँदा गोल गरेका थिए ।

त्यस्तै, रोनाल्डोले लगातार आठ वटा मुख्य प्रतियोगितामा गोल गर्ने नयाँ किर्तिमान बनाएका छन् । जसमा विश्वकप, युरोपिन कप र कोपा अमेरिका सामेल छ । यो उपलब्धि कुनै युरोपियन वा दक्षिण अमेरिकी खेलाडीले हासिल गर्न सकेका छैनन् ।

त्यस्तै, उनी चारवटा विश्वकपमा गोल गर्ने चौँथो खेलाडी बनेका छन् । यसअघि, उनले सन् २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए ।

यसअघि, ब्राजिलका पेले र जर्मनीका उवे सिलर र मिरोल्लाभ क्लोजले चारवटा विश्वकपमा गोल गरेका थिए ।

यता, स्पेनविरुद्धको ह्याट्रिक उनको करियरको ५१ औँ ह्याट्रिक थियो । रोचक कुरा, यो विश्वकपमा भएको ५१ औँ ह्याट्रिक पनि थियो । 

कुनै मुख्य प्रतियोगितामा उनले ४५ औँ प्रयासमा पहिलो पटक ह्याट्रिकको उपलब्धि हासिल गरेका हुन् ।

३३ वर्ष १३० दिनमा गोल गर्दै रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा धेरै उमेरका खेलाडी पनि बनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप