शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शान्तिको पहल गरेबापत एउटा सम्पादक ‘बली’ चढ्नुपर्यो

शनिबार, ०२ असार २०७५, ११ : ५९
शनिबार, ०२ असार २०७५


एन्ड्रयू व्याइटहेड
कश्मीर एउटा यस्तो विवाद हो, जहाँ राम्रा–राम्रो मान्छे पनि बली चढ्नुपर्छ ।

डाक्टर एस, सुजात बुखारी एक स्माभिमानी कम्मीरी थिए । आफ्नो भाषा र संस्कृतिमा महारथी यस्ता व्यक्ति जसले नारावाजी र हिंसाका वीचमा पनि संवाद बनाईराखेका हुन्थे । उनको खुला सोचले उनको ज्यान लियो ।

कश्मीरमा रहेका स्थानीय मीडियामा उनी एक आशाका किरण थिए ।

पुरानो श्रीनगर क्षेत्रमा समाचारवाला अग्रेजी र स्थानीय भाषाका करीव १० अखवार देख्न सकिन्छ । 

शुजात बुखारीको पत्रिका ‘राइजिङ कश्मीर’ आफ्नो शक्ति र सम्पादकीय शक्तिका लागि चिनिथ्यो ।

शुजातले यूवाहरुको एउटा प्रतिभाशाली टीम बनाएका थिए । उनलाई यसमा गर्व थियो कि महिला प्रमुख थिइन्, जसले जोडदार, जिज्ञासु र निष्पक्ष प्रेसको दृष्टिकोण राखिन । सरकार र पृथकतावादी दुवैलाई कश्मीर हिंसाको जिम्मेवार ठान्थे ।

यस भन्दा अगाडि शुजात बुखारी भारतको प्रमुख अखवार ‘द हिन्दु’ का संवाददाता थिए ।

उनले कश्मीरका बारेमा भारतका विचार निर्मातासम्म सूचना पुर्राउने मुस्किल काम सम्भालेका थिए ।

शुजात बुखारी एक शान्त, हँसिलो र उदार व्यवहारका साथै आफैमा एक ठूला व्यक्ति थिए ।

उनमा साथीय बनाउने तिव्र इच्छा थियो । उनीमा ज्ञानको भण्डार थियो । 

यदि तपाईं जान्न चाहनुहुन्छ भने शुजात बुखारी यस्ता व्यक्ति थिए, जसले कश्मीरका बारेका कुनै मनगढन्ते कथा नसुनाएर साचोको गहिराईसम्म पुर्राउथे ।

सवै ठाँउमा उनको सम्पर्क थियो । र, निरन्तर जान्न चाहन्थे कि कश्मीरका बारेमा बाहिरका व्यक्ति के सोचिरहेका छन् ।

जतिबेला एक बर्ष अगाडि म श्रीनगरमा थिए, शुजातले मलाई एउटा मोवाइल दिएका थिए, जुन उनले प्रयोग गर्दैनथे । 

म उनको कार्यलय देख्न चाहन्थे । उनी मलाई आफ्नो टीमसँग भेट र कुराकानी गराउन चाहन्थे ।

‘राइजिङ कश्मीर’ पत्रिकाको कार्यलयमा जाँदा मलाई केही ढिला भएको थियो, बर्षाका कारण ।

त्यहीँ बेला शुजातको फोन आयो र उनले सोधे, ‘एन्डी, तिमी कहाँ छौँ ? हामी सवै तिमीलाई पर्खिरहेका छौँ । हामीसँग तिम्रो लागि चिया र कश्मीर पेस्ट्रीज छ ।’

शुजात कश्मीरी आथित्यता दिनका लागि राम्रो उदारण थिए ।

मैले उनका साथी र टीमका संवाददातासँग एक घण्टा भन्दा धेरै समय विताए । त्यसबेला केही मुद्दामा हामीवीच कुराकानी भयो ।

मूलत, वैश्विक पत्रकारिता, डिजिटल प्लेटमर्फको उदय, रिपोर्टिङ शैली, जोशका साथै सन्तुलन बनाउने र किन कश्मीरमा एउटा यस्तो संघर्ष चलिहरेको छ, जुन ७० बर्षदेखि सुल्झिन सकेको छैन् र विश्वका मीडियाले यस मुद्दामा किन कम ध्यान दिन्छन् ? जस्ता विषयमा छलफल भएको थियो । 

शुजातसँग मेरो कुरकानी लण्डनमा संघर्ष विराम र सीमापार अनौपचारिक कुराकानीलाई बढवा दिनका लागि भएको एक सभामा भएको थियो । उनका कुरा सुन्ने लायक थिए ।

हालैमा मैले लिज्बनमा वैश्विक सम्पादको एक सभामा उनको एक ट्वीट फलो गरेको थिए र चाहन्थेँ–कश्मीर विश्वबाट नकाटियोस्, बरु नयाँ विचारका लागि खुला रहोस् ।

शुजात निकै साहसी व्यक्ति थिए, जस्तो कि कश्मीरका कैयौ पत्रकारलाई साहस चाहिन्छ । 

कश्मीरका उनको ज्यानको सुरक्षाका लागि उनलाई नीजि सुरक्षा गार्ड पनि दिइएको थियो । उनी गंभीर विरामीबाट सन्चो भएका थिए । उनी दुब्ला–पातला थिए र आँखामा चमक थियो । 

उनी एक बुद्धिमान, साथीस्त्व र आत्मविश्वासले भरपूर साहसी व्यक्ति थिए । यस्तो व्यक्तिको कश्मीरमा गहिरिदो राजनीतिक गतिरोधका वीच उपाय निकाल्नका लागि जरुरी छ । 

रमजानको पावन महिनामा उनको हत्या भयो । र यस्तो बेला जसले कश्मीरको दुख कम गर्नका लागि छलफलका बाटो खोजिरहेका थिए र यसले कश्मीर घाटीमा हलचल मच्चाएको पनि थियो । 

घटनाभन्दा ठीक अगाठि शुजात बुखारी रेजिडेन्सी रोडमा भीडभाड इलाकामा आफ्नो प्रेस एनक्लेववाला कार्यलयबाट निक्लेर आफ्नो गाडीमा बस्नेवाला थिए, त्यहीँबेला दुई वाइक सवारले उनीमाथि गोली बर्षाए, उनी मरे । उनका दुई सुरक्षाकर्मी पनि मारिए ।

यो एउटा योजनाबद्ध हमला थियो र दुखको कुरा यो छ कि कश्मीरमा पहिला पनि पत्रकारमाथि यस्ता खालका हमला भएका छन्, तर परिस्थिति बदलिएको छैन् । 

र, अहिले मलाई उनको परिवार, सहकर्मी, उनका कैयौ साथी र कश्मीरीका लागि निकै दुख छ । 

लेखक एन्ड्रयू व्याइटहेडले भारतमा बीबीसी संवादाताका रुपमा लामो समय काम गरे । कश्मीरमाथि रिपोर्टिङको उनीसँग २५ बर्षको अनुभव छ । ‘राइजिङ कश्मीर’का सम्पाद शुजात बुखारी उनका साथी थिए ।  बीबीसी हिन्दीबाट अनुवाद 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप