अरुण तेस्रोको सुरुङ खन्ने क्रममा बेपत्ता ४ मजदूरको जिवितै उद्दार
काठमाडौं– अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा अाएकाे पहिराेका कारण शुक्रबार रातीदेखि पुरिएका चार मजदूरको जिवितै उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका उनीहरुको ३८ घण्टापछि जिवितै उद्दार गरेको हो ।
संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राति पौने ९ बजे ढिस्कोे झरेको थियो । ढिस्कोले कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोर पुरिएकोमा उनीहरुको आज उद्दार गरिएको हो ।
झरी परिरहेकाले उद्धारमा भएको कठीनाईकाबीच स्काभेटर र डोजरको सहायतामा उनीहरुको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रो परियोजना पनि एक हो । यस आयोजनाको ६ प्रतिशत सेयर स्थानीयले पाउने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र मोदीले संयुक्तरुपमा अरुण तेस्रोको स्वीच थिचेर शिलान्यास गरेका थिए ।
द्धारिका होटलको शिलान्यास कार्यक्रमलाई अरुण तेस्रोको निर्माणस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको फयाक्सिन्दासम्म भिडियो मार्फत जोडिएको थियो ।
यो आयोजना भारतीय कम्पनीलाई दिएको सम्बन्धमा केहि राजनीतिक दलहरुले चर्को विरोध समेत गर्दै आएका छन् ।
(शनिबार सरकारी सञ्चारमाध्यम राससले प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरलाई उदृत गर्दै उनीहरुको मृत्यु भएको समाचार सम्प्रेषण गरेको थियो । सोहि समाचार रातोपाटीबाट पनि सम्प्रेषण भएकोमा क्षमायाचनासहित सच्चाइएको छ–सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)