बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्

शनिबार, ०२ असार २०७५, ११ : ११
शनिबार, ०२ असार २०७५

काठमाडौं–अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पु¥याउँदै आएको छ ।
एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत मद्दत पु¥याउदै आएकोछ । युवा उद्यमीहरुलाई प्रोत्साहन तथा प्रविधि विकासमा योगदान पुर्याउदै आएको एनसेलको सहयोगमा यो कार्यक्रम नेपालमा संचालन हुन लागेको हो ।
नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेरा, अमेरीकन दुतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को—डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार एक विशेष समारोह माझ कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
एमआईटी जिएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शुरु गरिएको हो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका आल्मुनाईबाट छानिएका ३५ जना विद्यार्थीहरुले मोबाइल प्रविधि र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रम गहन बुटक्याम्पको शैलीमा संचालन हुनेछ, जसमा एमआईटीका चार जना प्रशिक्षकहरुको नेतृत्वमा विशिष्ट ‘स्टुडेन्ट टु स्टुडेन्ट ल्याब’ कार्यक्रम संचालन हुनेछ । कार्यक्रम असार १ गते देखि श्रावण १७, २०७५ सम्म संचालन हुनेछ । अन्तिम दिन अर्थात श्रावण १७ गते ‘डेमो डे’ आयोजना गरिने छ, जसमा सहभागी विद्यार्थीहरुले आफ्नो परियोजनाका प्रोटोटाइप प्रस्तुत गर्नेछन् । विद्यार्थीहरुलाई उद्यमशीलताका ज्ञान प्रदान गर्नु र स्टार्टअपको विकासमा मद्दत गर्नु यो कार्यक्रमको लक्ष्य रहेको छ ।


“एमआईटी र काठमाडौ विश्वविद्यालयसँग सहकार्य गर्दै एमआईटी जिएसएल कार्यक्रम नेपालमा ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । नेपाली युवा प्रतिभाहरुमा प्रविधिमा आधारित उद्यमशीलताको विकास गर्न मद्दत पु¥याउने हाम्रो उद्देश्य अनुरुप यो कार्यक्रम संचालन गर्न लागेका हौं,’’ एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले भने, ‘‘यस सहकार्यले युवा प्रतिभालाई मुख्य भूमिकामा राख्दै सामाजिक आर्थिक विकासका लागि आवश्यक पारिस्थितिक प्रणालीको थप विकासमा योगदान पु¥याउने एनसेलको प्रतिवद्घतालाई प्रतिबिम्बित गर्दछ ।”
एमआईटी जिएसएल कार्यक्रम सात हप्ताको गहन इनोभेटिभ बुटक्याम्प हुनेछ । यस अवधिमा सहभागी विद्यार्थीहरुले आफ्ना नविन सोचलाई शुरुवात गर्ने कार्य देखि त्यसलाई परिस्कृत गर्दै व्यावसायिक स्टार्टअप परियोजना विकास गरी त्यसको संचालन गर्नेसम्मको कौशल विकास गर्नेछन् ।
एमआईटी जिएसएलले विश्वव्यापी रुपमा विकासशील राष्ट्रका विश्वविद्यालय तथा कम्पनीहरुसँग सहकार्य   गर्दछ र एमआईटीका प्रशिक्षकहरुद्घारा प्रशिक्षण दिईने एडभान्स कोर्स सहितको कार्यक्रम आयोजना गर्दछ । योे कार्यक्रम मोबाइल र इन्टरनेट प्रविधिमा केन्द्रित छ र विद्यार्थीहरुले आफ्ना नविन सोचमा आधारित परियोजनाहरुको के कस्तो व्यवसायिक संभावना रहन्छ भनेर जान्न सक्षम हुन्छन् । विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन कोर्समा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास र आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन,  गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रमहरु लगायतका विषयवस्तु समावेश गरिएका छन् ।
“एमआईटी जिएसएलले विश्वका २४ देशहरुमा ३००० उदियमान उद्यमीहरुलाई प्रशिक्षण प्रदान गर्दै उनीहरुलाई आफ्नो देश तथा विदेशमा नविन सूचना प्रविधिमा आधारित अर्थतन्त्रको नेतृत्वदायी भुमिकामा पु¥याएको छ,” इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स (ईईसिएस) विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को—डाइरेक्टर प्रोफेसर समन अमरासिंगेले भने । कार्यक्रमका बारे थप प्रकाश पार्दै अमरासिंगेले भने, “एनसेलको उदार सहयोगमा एमआईटीले आफ्नो जिएसएल कार्यक्रमलाई  पहिलो पटक नेपालमा काठमाडौं विश्वविद्यालयमा ल्याउन पाएकोमा म उत्साहित छु । आशा छ सहभागी युवाहरुले यसको अनुभव प्रयोग गर्दै नेपाली डिजिटल पारिस्थितिक प्रणालीमा आमुल परिवर्तन ल्याउने छन् तथा विश्वव्यापी प्रभाव पनि पार्ने छन् ।”
 
“काठमाडौं विश्वविद्यालयले शिक्षामा ६ वटा महत्वपूर्ण पहललाई अगाडि बढाएको छ, जसमा गुणस्तर, नविनता, समानता, ग्लोबल इन्गेजमेन्ट, पहिचान र प्रभाव रहेका छन् । एनसेलसँगको सहकार्यमा एमआईटी जिएसएल कार्यक्रमलाई नेपालमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । यस कार्यक्रमले हाम्रा यी सबै महत्वपूर्ण पहललाई समेटेको छ । यस सहकार्यले विद्यार्थीहरुमा रहेको सृजनशील प्रतिभालाई उजागर गराउँदै, नेपालमा डिजिटल व्यावसायिक अवधारणालाई अघि बढाउन उत्प्रेरित गर्दै प्राविधिक उद्यमशिलताको विकासमा सघाउने छ  । एमआईटीका प्रशिक्षकहरुको प्रशिक्षणबाट विद्यार्थीहरुले आफ्ना आईडियाहरुलाई व्यवसायमा परिणत गर्न सक्षम हुनेछन् । विद्यार्थीहरुले आफ्ना समुदायका आवश्यकताहरु पहिचान गरी समुदायमा रहेका संभावनालाई पहिल्याउँदै इनोभेटिभ आईडिया ल्याउन सक्छन्, जुन विश्वव्यापी रुपमा मान्य तथा प्रसार हुन सक्छ । यसरी यस कार्यक्रमले क्याम्पसबाट समुदायका लागि (क्याम्पस टु कम्युनिटी) भन्ने हाम्रो सारभुत उद्देश्य प्राप्तिमा मद्दत गर्नेछ,” काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले भने ।
 
पहिलो वर्षमा एमआईटी जिएसएल कार्यक्रमले डिजिटल प्रविधिमा आधारित आफ्ना नविन सोचलाई उद्यमशीलतामा परिणत गर्दै परिवर्तन ल्याउन चाहने काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी  तथा विश्वविद्यालयका आल्मुनाई सदस्यहरुलाई लक्षित गरेको छ । कार्यक्रम दुई चरणमा संचालन हुनेछ जस अन्र्तगत ३५ जना छानिएका विद्यार्थीले  पहिलो चरणमा आफ्नो डिजिटल आईडियालाई अझ निखार्न गहन सिकाईमा सहभागी हुनेछन् । दोस्रो चरणमा आफ्ना आईडियालाई कसरी व्यावहारिक उत्पादन र व्यवसायमा बदल्ने भनेर समुहगत रुपमा काम गर्नेछन् । विद्यार्थीहरुका लागि आवश्यक संसाधन, प्रशिक्षण, उत्प्रेरणा तथा सहकार्य संभावनाका लागि एमआईटी र काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप