बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातु नदीमा नुहाउने क्रममा एकको मृत्यु

शनिबार, ०२ असार २०७५, ११ : ०२
शनिबार, ०२ असार २०७५

बर्दिबास–महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ३ स्थित रातु नदीमा नुहाउने क्रममा  एक युवकको मृत्यू भएको छ । मृत्यू  हुनेमा बर्दिबास नगाउँपालिका वडा नं — ३ निवासी भिम बहादुरका कार्कीका  ३० वर्षिय छोरा फारस कार्की रहेको प्रहरीले जानकारी दिएको छ । 
शुक्रबार दिउँसो  बाख्रा चराउन गएका उनी ३ बजेदेखि बेपत्ता भएका थिए । बेपत्ता भएको उनलाई प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजतलास गर्दा रातुखोलाको पुल गाड्न खनिएको खाल्डोमा मृत अवस्थामा राती ८  भेटिएको थियो । शव परीक्षणको लागी  राती नै जनकपूर अञ्चल अस्पताल लगिएको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप