शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै जनावरले यसरी बदल्दैछन् आफ्नो बानी !

शनिबार, ०२ असार २०७५, १० : ०५
शनिबार, ०२ असार २०७५

एजेन्सी–एक नयाँ अध्ययनले सिंह, बाघ र भालुजस्ता जनावर मानिसका कारणले राति जाग्ने गरेको देखाएको छ ।

वैज्ञानिकहरुले धेरै पहिलेदखि नै मानवीय क्रियाकलापले प्रकृतिलाई असर पार्छ भन्ने पत्ता लगाएका हुन् ।

बढी सचेत रहने र खाना खोज्ने समय घटाउनुको अतिरिक्त धेरै स्तनधारी मानिससँग जम्काभेट हुनबाट जोगिनको लागि विकट क्षेत्रमा बास सार्नेदेखि हिड्डुलनै घटाउन सक्छन् ।

पछिल्लो अध्ययनले हाइकिङ्ग र क्याम्पिङ्ग जस्ता पहिले जनावरको लागि हानिकारक नठानिएका कृयाकलापले पनि जनावरलाई अत्याउन सक्ने देखाएको छ । यी क्रियाकलापका कारणले पनि जनावर रातमा बढी सक्रिय हुन बाध्य हुन्छन् ।

‘यसले जनावरहरु मानिसहरुको वरपर सतर्कता अपनाउने गर्छन् भन्ने देखाउँछ ।’ युनिभरसिटी अफ क्यालिफोर्निया, बरकलेकी पर्यावरणविज्ञ तथा यस अध्ययनको नेतृत्व गरेकी केइटलीन गेइनोर भनिन् ।

गेइनोर र उनको सहकर्मीहरुले छ महादेशका ६२ प्रजाती समाबेश भएको ७६ अध्ययनको विश्लेषण गरेका थिए ।

समाबेश गरिएको जनावरमध्ये तान्जानीयामा सिंह, ब्राजिलमा ओट्टर, क्यालिफोर्नियामा कोयोट्स र पोल्याण्डमा जंगली भालु र नेपालमा बाघको अध्ययन गरिएको थियो ।

अनुसन्धानदाताले शिकार, हाइकिङ्ग र खेतिजस्ता विभिन्न मानवीय खललहरुमाझ ती जीवहरु रातमा कति समय सक्रिय हुन्छन् तुलना गरेका थिए । 

अनुसन्धान समूहले मानवीय उपस्थितिले जनावरको रातको समयको क्रियाकलाममा औसतमा २०% वृद्धि भएको पायो । यो पनि ती जनावरहरुमा पाइयो जो सामान्यतया रातमा जाग्दैनन् ।

यो खोज परिणाम बिहिबार साइन्स जर्नलमा प्रकाशित गरिएको छ । 

यो खोज मौलिक छ किनकी ‘कसैले पनि यस अघि यी सबै जानकारीहरु संकलन गरेको थिएन र यस्तो गहन रुपमा विश्लेषण गरेको थिएन’ नेदरल्याण्डमा रहेको रडबाउण्ड युनिभरसिटीकी प्रद्यापक तथा यो अध्ययन पुनरावलोकन गरेकी अना बेनीतीज लोपेज भने ।

यस अध्ययनमा सामेल नरहेकी गोथे विश्वविद्यालय फ्राङ्फर्टकी पर्यावरणविद मरली टकरले अद्ययनबाट जुन सुकै मानवीय क्रियाकलापले जनावरहरुमा मानिसहरुप्रति डर बढाउने जानकारी पाउदाँ चकित परेको बताइन् । 

‘यो केही हदसम्म चिन्तालाग्दो छ’ उनले भनिन्, ‘हामीले थाहै नपाईकन पनि जनावरहरुलाई दख्खल दिइरहेका हुदाँ रहेछौं ।’

अन्धकारमा राम्रोसँग अनुकुलन हुन नसक्ने जीव यस स्वभाव परिवर्तनबाट बढी प्रभावित हुने गेइनोरले बताइन् । तर, उनले यी स्वभाव परिवर्तनले ती जनावरहरुको मानिसहरुसँगको प्रत्यक्ष साक्षात्कार कम गर्न सहयोग पुग्ने बताइन् ।

‘मानिसहरु आफ्नो काम दिउँसो गर्न सक्छन् , जनावरहरु तिनका काम रातमा गर्न सक्छन्,’ उनले भनिन्, ‘यसरी कुनै दिन हामी मानिस सुतिरहेका बेला नाइट सिफ्ट लिने जीवसँग यो ग्रहमा बाचिरहेका हुनेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप